फागुन ३० गते विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन् । शनिबार बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका थिए । 

उनले सरकारले विश्वासको मत लिने विषयमा सहयात्री दलसँग छलफल गरेर आवश्यक निर्णय लिइने पनि बताएका थिए। कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो । 

कांग्रेसले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानबमोजिम सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । यसअनुसार उहाँले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने छ ।