रविलाई गृह र डिपीलाई श्रममन्त्रीबाट हटाउन युवराज सफलको निवेदन

 काठमाडौँ - स्वार्थको मन्त्रालय जोडिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डिपी अर्याललाई तत्काल मन्त्रालय हेरफेर गर्नुपर्ने भन्दै प्रधानमन्त्री कार्यालयमा निवेदन परेको छ। निवेदन युवराज सफलले आज प्रधानमन्त्री कार्यलय सिंहदरबारमा पुगेर दिएका हुन् । 

उनले निवेदनमा रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको निज गृहमन्त्रीमा रहदा आफ्नो राहदानी सम्बन्धी मुद्धाको अनुसन्धान प्रभावित पार्ने एवम् प्रमाण नष्ट गर्ने संभावना देखिएको तथा सहकारी ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोले उनी गृहमन्त्री हुँदा अनुसन्धान प्रभावित र प्रमाण नष्ट गर्न सभावना देखिएको बताएका छन् ।

त्यस्तै, निज रवि लामिछानेमाथि सम्पत्ति शुद्धिकरण विभागले समेत अकुत सम्पत्ति कमाएको आरोपमा आवश्यक अनुसन्धान एवम् छानविनसमेत गरिरहेकोले उनी तत्काल पदमा रहिरहन नमिल्ने सफलको दाबी छ ।