आजदेखि माओवादी प्रदेश समन्वय समितिको बैठक सुरु हुने

काठमाडौं - नेकपा माओवादीले आजको केन्द्रीय समिति बैठक सम्पन्न गरेलगत्तै प्रदेश समन्वय समितिको बैठक तत्काल सुरु हुने भएको छ।

आगामी ५ फागुनसम्म बैठक सक्ने गरी सबन्धित प्रदेश समन्वय समितिलाई पत्रचारसमेत गरे अनुसार आजदेखि प्रदेश समन्वय समितिको बैठक सुरु हुन लागेको हो।

जसअनुसार प्रदेश नं. १ र बागमती प्रदेश २७ माघमा पहिलो बैठक बस्ने माओवादीले जनाएकाे छ।

मधेश प्रदेश माघ २८ गते, गण्डकी प्रदेश माघ २९ गते, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते र उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ५ गते उक्त बैठक सञ्चालन हुनेछन्।