राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारविरुद्धका उजुरीमा आज छानबिन हुने

काठमाडौँ - राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि उमेदवारविरुद्ध दाबी विरोध र उजुरीउपर छानबिनको समय तोकिएको छ ।
सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार दाबी विरोध र उजुरी दिने समय तोकिएको थियो। मनोनयन दर्ता गरेका दुई जना उमेदवारविरुद्ध उजुरी परेकाले आज र भोलि छानबिन हुने निर्वाचन आयोगले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा ९माओवादी केन्द्र० का दलित समूहका उमेदवार विष्णु बिकविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।

भट्टविरुद्ध एमालेका उमेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उमेदवार बिकविरुद्ध एमालेकै उमेदवार हिक्मत बिकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका छन् ।