'चीनलाई पर्यटक ल्याउन आग्रह गर्दा वार्षिक १० लाख पर्यटक ल्याउन सकिन्छ' : ओली

 गोरखा - प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताएका छन् ।

आज मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विमानस्थल चलाउन पाउँदैनौ भनेर भित्र भने पनि बाहिरबाट कुनै शक्तिले भन्न नसक्ने बताए ।

 उनले चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने पनि वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउनसक्ने भन्दै सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए । सरकारले सार्वभौम सत्ता, स्वाधिनताको र स्वतन्त्रताको उपयोग गर्ने हुति राख्नुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।