प्रवासी नेपाली मञ्चले इजरायलमा फसेका नेपालीलाई खाना र आवासको व्यवस्था गर्ने 

काठमाडौँ - नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च ओएनएफ अन्तर्राष्ट्रिय कमिटीले इजरायलमा बंकरमा फसेका नेपालीलाई राजधानी तेलअबिबमा लैजान र सम्बन्धित निकायबाट व्यवस्था नभएसम्म खाना तथा आवासको सम्पूर्ण व्यवस्थापन गर्न तयार रहेको जनाएको छ ।

शनिबार इजरायलमा प्यालेस्टानी विद्रोही समूह हमासले गरेको आक्रमणपछि बंकरमा फसेका नेपालीलाई यस्तो व्यवस्था गर्न तयार रहेको प्रवासी नेपाली मञ्चले जनाएको हो ।

मञ्चका अध्यक्ष सञ्जय थापा र सचिव हेम शेर्पाले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘इजरायलमा बंकरमा फसेका नेपालीहरुलाई राजधानी तेलअबिबमा लैजान र सम्बिन्धत निकायबाट व्यवस्था नभएसम्म खाना तथा आवासको सम्पूर्णं व्यवस्थापनको लागि प्रवासी नेपाली मञ्च इजरायल तयार रहेको जानकारी प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष गीता सुवेदीले जानकारी दिनुभएको छ ।’

यसैगरी, प्रवासी नेपाली मञ्चले विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।