मोरोक्कोमा शक्तिशाली भूकम्प, कम्तीमा २९६ को मृत्यु

लन्डन - अफ्रिकी देश मोरोक्कोमा एकाविहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँ अहिलेसम्म २९६ जनाभन्दा बढीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार सो भुकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन् । भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ । भग्नावशेषबाट मानिसलाई निकाल्न उद्धार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाँकी छ ।