अमानविय ढंगले आफ्ना दुई छोरालाई यातना दिने ओखलढुङगाका फुरिङ्जी शेर्पा पक्राउ

काठमाडौँ । आफ्नै दुई छोरालाई अमानविय ढंगले यातना दिने ओखलढुङ्गाका फुरिङ्जी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

ओखलढुंगा खिजिदेम्वा गाउँपालिका–९ का फुरिङ्जी शेर्पालाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार शेर्पाले आफ्ना चार वर्षीय र सात वर्षीय छोरालाई अमानवीय तरिकाले यातना दिएका थिए । जसमध्ये एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियामा तामाको भाँडो आगोमा तताएर त्यसभित्र बालकलाइ राखिएको देखिन्छ ।

त्यस्तै, खुट्टासमेत बाँधेर टाउको तल पारेर यातना दिइएको छ । उक्त भिडियो जीवन लिम्बुको फेसबुक पेजबाट पोस्ट भएको देखिन्छ ।