सुन्दरीजल घुम्न गएका एक युवा मृत अवस्थामा फेला

काठमाडौँ । सुन्दरी जल घुम्न गएका एक युवा मृत अवस्थामा फेला परेका छन् ।

गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल घुम्न गएका काठमाडौँ महानगरपालिका-३२ पेप्सीकोला बस्ने २८ वर्षका विवेक पौडेल घट्टेखोलामा मृत भेटिएका हुन् ।

स्थानीयले बिहीबार साँझ घट्टेखेलामा खसेर उनी बेपत्ता भएको सूचना प्रहरीलाई दिएका थिए। त्यसपछि खोजी गर्दा उनको शव फेला परेको हो।

उनी साथीहरूसँग गएका थिए वा एक्लै गएका थिए भन्नेबारे प्रहरीले खुलाएको छैन। यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।