सहमति हुन प्रधानमन्त्रीको राजीनामा आउनुपर्छ : केपी शर्मा ओली

काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद प्रधानमन्त्रीका कारण बन्द भएको बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताएका हुन् । उनले अब प्रधानमन्त्रिकाे राजिनामापछि मात्र सबै सहमति हुन सक्ने समेत बताए ।