सात करोड हिनामिना गरेको आरोपमा स्क्वायर सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

काठमाडौँ । प्रहरीले स्क्वायर सहकारीको रकम हिनामिना गरेको आरोपमा सञ्चालकहरूलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहकारीका सञ्चालक समितिका अध्यक्ष काठमाडौँ महानगरपालिका–१४ का ६६ वर्षीय वाशुदेवमान जोशी, सहकारीका सचिव सुवर्ण सेलालिक र सहकारीका सदस्य धर्मरत्न पाछैंलाई शुक्रबार पक्राउ गरेको हो ।

सहकारीको सात करोड ४० लाख ८७ हजार रुपैयाँ अपचलन भएको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

सहकारीको कार्यालय काठमाडौँ नगरपालिका–२३ स्थित मखनमा छ ।