राष्ट्रिय सभा बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाण्डौँ - संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

बिहान ११ बजे ३१ मिनेटमा स‌सद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले आफ्नो धारणा राख्ने संसद् सचिवालयले बताएको छ ।

त्यस्तै, आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र०८१ को राजस्व र व्ययको वार्षिक  अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूचीमा राखिएको छ । सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ ।