समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट सुरु

काठमाडौँ - नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट सुरु हुँदैछ ।

अर्पण ब्यान्क्वेट नयाँ बानेश्वर हुने अधिवेशनको उद्घाटन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्ने छन् ।
आज र भोलि हुने अधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।