प्रि-बजेटबारे आज पनि छलफल, दलहरुबीच आरोप प्रत्यारोप 

 काठमाडौँ - प्रतिनिधि सभाको बैठकमा आज पनि बजेटका सिद्धान्त तथा प्राथमिकता प्रि–बजेटका बारेमा छलफल हुँदेछ । आइतबार बसेको प्रतिनिधि सभा कार्य ब्यवस्था समितिको बैठकले निर्णय गरे अनुसार आज पनि प्रि बजेटका बारेमा छलफल हुन लागेको हो ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले हिजो बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेसँगै हिजोदेखि त्यसमा केन्द्रीत रहेर छलफल शुरु भएको हो । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म भोलिसम्म तीन दिन घनिभूत रुपमा प्रि–बजेटमाथि छलफल हुनेछ । 

२७ गते बुधबार यो तीन दिनमा उठेका प्रश्नको अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
त्यसपछि मात्रै सरकारको नीति तथा कार्यक्रम आउने छ । संविधान अनुसार हरेक वर्षको जेठ १५ गते आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत हुन्छ ।