नक्कली नागरिकता बनाएर भारतीय युवतीले पर्वतारोहण प्रमाणपत्र लिएको खुलासा

काठमाडौँ - जिल्ला प्रशासन कार्यालय चितवनबाट नक्कली नागरिकता कायम गरी एक भारतीय युवतीले पर्यटन विभागबाट पर्वतारोहण प्रमाणपत्र लिएको खुलासा भएको छ ।

०७९ भदौ ६ गते विभागबाट पर्वतारोहण प्रमाणपत्र लिएकी युवन्तिका तामाङ नामकी उक्त भारतीय युवतीले नक्कली नागरिकता लिएको भनी जिल्ला अदालत चितवनले एक लाख ५० हजार धरौटी जम्मासहितको आदेश सुनाएको थियो ।

साथै, उनको नागरिकता जफतको आदेश दिएको थियो । १० फागुन ०७९ मा अदालतले उक्त आदेश दिए पनि ति युवतीले पर्वतारोहण प्रमाणपत्रको दरूपयोग जारी राखेको बताइएको छ ।