माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के-के भयो कुराकानी ? 

 काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

मंगलबार उनीहरुबीच एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । भेटवार्तामा पार्टी एकीकरणको विषयमा छलफल भएको पार्टी सचिवालयले जनाएको छ । अध्यक्ष नेपालसँगै एकीकृत समाजवादीबाट महासचिव घनश्याम भुसाल र उपमहासचिव गंगालाल तुलाधारलगायतका नेताहरु सहभागी रहेका थिए ।