प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक  बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै सदन अवरुद्ध गरेको थियो।

कांग्रेसका सांसदहरू उठेसँगै सत्तारूढ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि उठेर बैठक अवरोध गरेका थिए।

यसअघि सभामुख घिमिरेले संसद बैठक सुचारु गराउनका लागि वातावरण बनाइदिन सबै सांसदहरूलाई आग्रह गरेका थिए।