आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि राप्रपाले माग्यो गृहमन्त्रीको राजिनामा

काठमाडौँ । राप्रपाको आन्दोलनमा प्रहरी हस्तक्षेपपछि तितरबितर भएपछि गृहमन्त्री रवि लामिछानेको राजीनामा माग थप गरिएको छ ।

राप्रपाको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि राप्रपाले निकालेको जुलुसमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । अहिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले नारासहित नगर परिक्रमा गर्दैछ ।

सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ।

सरकारलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाव सिर्जना गर्न जनप्रदर्शन गरेको हो।