कांग्रेसले रास्वपाकै कारणले मुलुक बेथितितर्फ गएको हो भन्ने भाष्य बनाउन खोज्यो : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णीम वाग्लेले कांग्रेसले एक जना व्यक्ति खुइल्याउन सहकारी ठगीमा छानबिन समिति माग गरेको बताएका छन् ।

उपसभापति वाग्लेले मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा रास्वपाको उदय भएको १ वर्षमै सबै बेथिति देखा परेकोजस्तो भाष्य कांग्रेसले बनाउन खोजेको बताएका हुन् ।

भर्खर १ वर्षअघि उदाएको रास्वपाकै कारणले मुलुक बेथितितर्फ गएको हो भन्ने भाष्य बनाउन खोजियो,’ उनले भने ।

कांग्रेसले गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेलाई खुइल्याउन समिति माग गरेको पनि उपसभापति वाग्लेको दाबी छ । ‘व्यक्ति खुइल्याउने, प्रतिसोध साध्ने विधि र औजारका रूपमा संसदीय छानबिन समितिको दुरुपयोग गर्नु हुँदैन,’ उनले भने । केही समयअघि कांग्रेस महामन्त्री गगन थापाले नै एमालेले सदन अवरुद्ध गर्दा संसदीय छानबिन समिति चाहिँदैन भनेको पनि वाग्लेले बताए ।