राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, कस्ता छन् मागहरु ? 

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’लाई बुझाएको ४० बुँदे मागपत्र कार्यान्वयन नभएको भन्दै राप्रपाले काठमाडौंमा बृहत् जनप्रदर्शन गर्न लागेको हो । 

संवैधानिक राजतन्त्रका पुनस्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग राख्दै राप्रपाले आन्दोलन गर्ने घोषणा गरेको छ ।
५० हजारभन्दा बढीको सहभागिता हुने जनप्रदर्शन शान्तिपूर्ण हुने भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुरक्षाको उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  उनले आफूहरुको प्रदर्शनलाई रोक्न सरकारले निषेधाज्ञा जारी गरे राप्रपाले त्यसको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।