कांग्रेसको नाराबाजीपछि १५ मिनेटका लागि संसद् बैठक स्थगित  

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै अवरोध गरेपछि १५ मिनेटका लागि संसद् बैठक स्थगित भएको छ।

बैठकको सुरुमै कांग्रेस सांसदहरू उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले सचेतक सुशीला थिङलाई बोल्ने समय दिए।

त्यसपछि पनि पटक पटक सभामुखले घिमिरेले आसन ग्रहण गर्न आग्रह गरे पनि कांग्रेस सांसदहरूले निरन्तर नाराबाजी गरेपछि बैठक स्थगित गरिएको हो।