आजको शेयर बजार सामान्य वृद्धि, कारोवार रकम कति ? 

काठमाण्डौँ - साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.४५ प्रतिशत अर्थात ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ३६०.१५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीका ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १० वटा समूहमा हरियाली छायो भने अन्य ३ वटा समूहमा रातो पोतियो । आज वित्त समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह २.७९ प्रतिशतले बढ्यो । यो दिन बैंकिङ समूह ०.३२, विकास बैंक ०.६७,हाईड्रो ०.७६,लगानी ०.६९,जीवन बीमा ०.४९,म्युचुअल फण्ड ०.५०,निर्जीवन बीमा १ अन्य २.४२ र व्यापार समूह ०.४० प्रतिशतले बढे ।