कोसी प्रदेशमा आज मन्त्रीपरिषद विस्तार हुँदै, को-को परे मन्त्रीको लिष्टमा ?

काठमाडौँ । कोशी प्रदेश सरकारले आज मन्त्रीपरिषद विस्तार गर्ने भएको छ । थप हुने मन्त्रीहरूमा काँग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा ईन्दीरा थापा राज्यमन्त्री हुने भएकी  छन् ।

माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगरले मन्त्रीको शपथ लिने तय भएको छ । सुनुवार स्वास्थ र खत्रीले कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने  बताइएको छ ।

यस्तै, थापा स्वास्थ्य राज्यमन्त्री बन्नेछिन्। यस्तै माओवादीका बुर्जा मगर सिँचाई तथा ऊर्जा र कार्की सामाजिक विकासमन्त्री हुने भएका हुन्।  हाल प्रदेश सरकारमा कांग्रेसबाट शम्शेर राई आन्तरिक मामिला तथा कानून, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भौतिक पूर्वाधार मन्त्री छन्।

नवनियुक्त मन्त्रीहरूको आजै ४ बजे शपथ हुने तय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्सेर राईले जानकारी दिए।