विवेकशील साझाको महाधिवेशन भोलिदेखि, अध्यक्षका दाबेदार को-को छन् ? 

 काठमाण्डौँ - विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ । 

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अरू पार्टीका नेताहरूलाई पनि निम्तो दिइएको उक्त पार्टीले जनाएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायतलाई महाधिवेशनमा निम्तो दिइएको हो ।

विवेकशील साझाले पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई भने महाधिवेशनमा निम्ता दिएको छैन । मिश्र अहिले राप्रपाका वरिष्ठ उपाध्यक्ष छन्। विवेकशील साझाले राप्रपालाई पनि महाधिवेशनका लागि निम्तो नदिइएको जनाएको छ । महाधिवेशनका लागि तयारी पूरा भएको नेता प्रकाशचन्द्र परियारले जानकारी दिए। पार्टीका नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको थियो ।

यो महाधिवेशनबाट पार्टीलाई नयाँ नेतृत्व दिने र नीतिगत रूपमा स्पष्टता दिने पार्टीले उनले बताए। महाधिवेशन शनिबारसम्म चल्नेछ ।