समाजवादीका केन्द्रीय सदस्य गुरुङद्धारा राजीनामा !

काठमाण्डौँ - नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सचिव तथा केन्द्रीय सदस्यीय राजु गुरुङले पार्टी परित्यागको घोषणा गरेका छन् । मंगलबार केन्द्रीय समितिलाई राजीनामा पत्र लेख्दै उनले सो राजीनामा स्वकृत गरिदिन आग्रह गरेका छन् ।  

पार्टी स्थापनादेखि समाजवादीमा लागेका गुरुङ  पछिल्लो समय केन्द्रीय कमिटीका निर्णयमा असन्तुष्टि जनाउँदै निष्क्रिय रहेका  थिए ।  
एमालेबाट विभाजन भएपछि उनी रुपन्देहीमा  समाजवादीको जिल्ला कमिटी स्थापनामा नेतृत्वदायी भूमिकामा रहेका थिए ।