आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन हुँदै

काठमाडौँ - सरकारले आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ। काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरीमा ३५ स्थानमा बिक्रीस्थल राखिने छ।

जसअनुसार काठमाडौं उपत्यका बाहिर मोरङ-झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङमा सहुलीयत पसल राखिने भएको छ।