कीर्तिमानी नेपाली आरोही तेन्जेन लामा चीनको सिसापाङ्माको हिमपहिरोमा परेर बेपत्ता

काठमाडौँ - कीर्तिमानी नेपाली आरोही तेन्जेन लामा हिम पहिरोमा परेर बेपत्ता भएका छन् । उनी चीनको सिसापाङ्मा हिमाल आरोहण गर्ने क्रममा हिमपहिरोमा परेका हुन् ।

शनिबार दिउँसो ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा उनी परेका हुन् । हिमपहिरोमा परेर एक नेपाली र एक अमेरिकी आरोहीको भने मृत्यु भइसकेको छ । उनीहरूको शव फेला परेको छ । तेन्जेनसँगै एक जना अमेरिकी आरोही पनि बेपत्ता भएकी छन् ।