सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

 काठमाडौँ - ६० किलो ७१६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराका शिव कुमार सराफ रहेका प्रहरीले जनाएको छ । योसँगै सुन तस्करी प्रकरणमा हालसम्म २७ जना पक्राउ परेका छन् ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।