चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको क्षेत्राधिकार विवादबारे संसदीय समितिले अध्ययन गर्ने

काठमाडौँ - प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको क्षेत्राधिकार विवादमा बारेमा अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा आज शुक्रबार बसेको बैठकले दुई निकायबीचको विवादका कारण चिकित्सा शिक्षा क्षेत्र प्रभावित भएको भन्दै थप अध्ययन गरि निष्कर्षमा पुग्नका लागि कार्यदल बनाउने निर्णय गरेको हो ।

कार्यदलमा रहने सदस्यहरू र कार्यविधि लगाएतका विषयमा अर्को बैठकले टुङ्गो लगाउने समिति सभापति भानुभक्त जोशीले जानकारी दिए ।