सदन खोल्ने सहमति जुटाउन शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दै

काठमाण्डौँ - सुन प्रकरणको विवादले संसदको जारी अवरोध खुलाउन प्रमुख दलहरू बीच आज पनि छलफल हुँदै छ । हिजो सिंहदरबार र बानेश्वरमा भएको छलफलमा सहमति नजुटेपछि आजका लागि छलफल सारिएको थियो ।

हिजोको सहमतिअनुसार आज साढे १० बजे बालुवाटारमा छलफल हुन लागेको हो । उक्त छलफलपछि संसद बैठक बस्ने छ । हिजो राष्ट्रियसभा पनि एमालेको अवरोधपछि रोकिएको थियो । एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गरिरहेको छ ।

उक्त समिति बनाउन माग गर्दै एमालेले संसद अवरोध गर्दै आएको छ । सत्ता पक्ष तत्काल समिति आवश्यक नरहेको बताइरहेको छ । संसद बैठक ३ बजे बस्नुअघि प्रमुख दलबीच सहमति जुटाउने प्रयासस्वरूप सो बैठक बोलाइएको हो ।