क्यानका महानिर्देशक हटाउने विषयमा छलफल भइरहेको छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक हटाउने विषयमा छलफल भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले कानुनी विषय हेरिरहेको बताए ।
एकपटक हटाइएछि पुनःस्थापित हुने अवस्था नआउने गरी कानुनी प्रक्रिया बुजिरहेको उनले उल्लेख गरे ।

 बुधबार नुवाकोटमा हेलिकोप्टर दुर्घटना भएपछि बैठकमा सांसदहरूले क्यानका महानिर्देशकको राजीनामा माग गरेका थिए । जवाफमा मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

क्यान महानिर्देशकमा हाल प्रदीप अधिकारी छन् ।