ललितपुरको मनोहर नदीमा हाम फालेकी किशोरिको शकुसल उद्धार

काठमाडौँ । ललितपुरको बालकुमारीस्थित मनोहा नदीबाट हाम फालेकी एक किशोरिलाई प्रहरीले उद्धार गरेको छ ।

बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल ललितपुर–९, च्यासल बस्ने १७ वर्षीया किशोरी (नाम गोप्य राखिएको) बुधबार साँझ मनोहरा नदीमा हाम फालेकी थिइन्।

उद्धारपश्चात् बीएन्डबी अस्पताल (ग्वार्को) लगिएकी उनी उपचारपछि बुधबार अबेर राति नै डिस्चार्ज गरिएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

उनले किन हाम फालिछन् भन्ने कारण खुलिनसकेको एसपी सुवेदीले बताए। ती किशोरीले फेरि पनि त्यस्तो गर्ने सम्भावना रहेकाले प्रहरीले निगरानी गरिरहेको एसपी सुवेदीको भनाइ छ।