प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गरियोस् : सांसद निधि

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपाल नागरिक उड्डयान प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गर्न माग गरेका छन् ।

हवाई दुर्घटना र प्राधिकरणभित्रका बेथिति छानबिन गर्नुपर्ने माग राख्दै उनले पदमुक्त गर्नुपर्ने बताए ।

उनले भने, “हामीले आयोगमात्रै बनाएर हुँदैन । जबसम्म पदाधिकारी कायमै रहन्छन् । जति आयोग बनायो उहाँहरु खुसी हुनुहुन्छ । छानबिनको अर्थ के ? उहाँहरु रहिरहनुहुन्छ  पहिले तत्कालै पदाधिकारीलाई पदमुक्त गरियोस्, निलम्बन गरेरमात्रै छानबिन गरियोस् । तत्कालै आवश्यक एक्सनमा जानुहोस्, मन्त्रीज्यू ।”