images

काठमाण्डौँमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको  ‘प्राइड परेड’ {फोटोफिचर}

 काठमाडौँ - यौनिक तथा लैङ्गिक अल्पसंख्यकले शनिबार काठमाडौंमा ‘नेपाल प्राइड परेड’ निकालेका छन् ।

शान्तिवाटिकाबाट सुरू भएको गौरव र्‍याली नारायणचौर पुगेर समापन भएको थियो। विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसंख्यकले जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउँछन् ।

विशेषतः सन् १९६९ जुन महिनामा न्युयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालेको हो । यात्रामा सहभागीहरुले आफ्नो पहिचान गलत हैन भन्दै विभिन्न प्लेकार्ड बोकेका थिए ।


 

शनिबार २५ जेठ २०८१ ०३:३१ PM मा प्रकाशित

प्रतिक्रिया