बजेटमा भोलिदेखि मन्त्रालयगत छलफल हुने 

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीनसहित पाँच सांसदले आइतबार छलफल गरिने चार मन्त्रालयको आगामी बजेट घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।

कांग्रेसका सहमहामन्त्रीसमेत रहेका बद्री पाण्डेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कांग्रेसका अर्का सांसद पुष्पबहादुर शाहले युवा तथा खेलकुद मन्त्रालय र रमा कोइराला पौड्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च घटाइ एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्ने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।