अमरेश कुमार सिंह संसद बैठकमै किन नाङ्गिए ?

काठमाडौं - आफूलाई बोल्ने समय उपलब्ध नगराइएको भन्दै प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंह संसद बैठकमै नाङ्गिएका छन् ।

विभिन्न बेथितिहरूमाथि सरकार र सरोकारवालाहरूको ध्यानाकर्षण गर्न सांसदहरूले विरोध र ध्यानाकर्षणका रचनात्मक शैलीहरू अपनाउन थालेका छन् ।

तर, सांसद अमरेश कुमारले भने संसद बैठक चलिरहेकै बेला आफ्नो शरीरको कपडा खोलेर अर्धनग्न बन्दै अश्लील हर्कत प्रस्तुत गरे । उनको यो हर्कत कुनै बेथितिका विरुद्ध ध्यानाकर्षण थिए । आफूले बोल्न पाउनुपर्ने सामान्य मागको ध्यानाकर्षका लागि उनी अर्धनग्न बनेपछि अहिले सामाजिक सञ्जालहरूमा उनको तीव्र आलोचना सुरू भएको छ ।