२० जना प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं - प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा पदोन्नती भएका २० जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको २४ वैशाखमा  भएको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरूलाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।