आजको मौसमः पहाडी भू-भागमा आंशिक बदली

काठमाडौं - देशमा स्थानीय र पश्चिमी वायुको समान्य प्रभाव रहेकाले देशका पहाडी भू-भागमा आंशिक देखि मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

बाँकी अन्य प्रदेशहरुमा भने मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको तराईका भू-भागमा सोमवार सामान्य हावाहुरीको समेत सम्भावना रहेको छ ।