आज पनि सुनको मुल्यले राख्यो नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।          

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३६ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ५५० सय रुपैयाँ रहेको छ ।                       

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६८५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।