उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिने 

काठमाडौँ - आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजुरीमाथि आज नर्वाचन आयोगले छानबिन गर्ने भएको छ ।

आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । हिजो अपराह्न ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा आयोगले उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानबिन गर्दैछ ।

उजुरी उपर छानबिनपछि आयोगले आज बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची तय गरेको छ ।