धनकुटामा तरकारी बोक्ने मिनीट्रकबाट ५४४ किलो गाँजा बरामद

काठमाडौँ । धनकुटाको भेडेटारमा तरकारी बोक्ने मिनीट्रकमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

आइतबार राति धनकुटाको साँघुरीगढी गाँउपालिकामा पर्ने भेडेटारमा तरकारी लोड गरी रोकिराखेको को १ ख ३२९४ नम्बरको मिनीट्रकबाट ५ सय ४४ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय, धनकुटाकाले जनाएको छ ।

तरकारीको बोराभित्र प्लाष्टिकमा प्याक गरी लुकाइ राखिएको अवथामा गाँजा बरामद भएको हो । प्रहरीको अनुसार गाँजासहित मिनीट्रक नियन्त्रणमा लिएपनि चालक फरार भएका छन्।