गृहमन्त्रीलाई प्रदीप पौडेलको प्रश्न : दोषी नभए छानबिन समिति बनाउन किन अप्ठ्यारो भयो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट आफूहरू पछि नहट्ने बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले  छानबिन समिति बनाउनुपर्ने अडानबाट कांग्रेस पछि नहट्ने उनले स्पष्ट पारे । 

निर्दोष छु भन्नेहरू छानबिन समिति बनाउन किन तयार नभएको ? भन्दै उनले प्रश्न गरे । उनले कुनै पनि घटनाविशेषको सत्यतथ्य खोजिनुपर्नेमा जोड दिए ।

आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको भएको उनले उल्लेख गरे ।

उनले भने, ‘छानबिनका लागि निर्दोष छु भन्नेहरू किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष सावित हुनु राम्रो हुन्छ, दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो भयो ? हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन ।’