साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाण्डौँ - बंगलादेशमा यही मार्च २० देखि ३१ सम्म आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार २० सदस्यीय अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यूईएफए असिस्ट प्रोग्राम अन्तर्गत साउथ एसियन फुटबल फेडेरेसनले आयोजना गर्ने यस च्याम्पियनसिपमा रुसको टोली समेत सहभागी हुँदैछ ।
गत नोभेम्बरमा बंगलादेशमै भएको यू-१५ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो । यस पटक त्यसैलाई अपग्रेड गर्दै यू-१७ च्याम्पियनसिप हुन लागेको हो ।