चितवनमा बोराभित्र भेटिएका शवको खुल्यो पहिचान, हत्या हुनेमा श्रीमती र उनका प्रेमी

काठमाण्डौँ - चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको पहिचान खुलेको छ । मंसिर ६ गते भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडकखण्डको कल्भर्टमुनि फेला परेका पुरूष र महिलाको सनाखत भएको हो ।

उनीहरू भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । यद्यपि उनीहरूको नाम प्रहरीले सार्वजनिक गरिसकेको छैन । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेर फालेको अनुसन्धानबाट खुलेको छ । भारत मोतिहारी घर भएका उनीहरू भरतपुरमा व्यापार गरेर बस्दै आएका थिए । श्रीमतीको अनैतिक सम्बन्धका कारण हत्या भएको खुलेको छ । श्रीमतीको विवाहेत्तर सम्वन्ध थाहा पाएपछि श्रीमान श्रीमती र प्रेमीको हत्या गरेको फालेको खुलेको छ ।

हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्या आरोपमा पक्राउ परेकाले नेपाल ल्याउन नपाइएको प्रहरीले बताएको छ । हत्यामा संलग्न व्यक्तिसँग बयान लिन नेपाल प्रहरीको एक टोली भारतको बिहार नै पुगेको थियो।