झापामा करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाण्डौँ - झापाका छुट्टाछुट्टै स्थानमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका–११ का ४५ वर्षीय चंखबहादुर सार्कीको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

यसैगरी, कन्काइ नगरपालिका–३ स्थित घरमा टिनको छाना लगाउने क्रममा कन्काई–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठलाई फलामे रड बोक्ने क्रममा बिजुलीको तारमा छोइँदा करेन्ट लागेको थियो ।