चार चिनियाँ नागरिक लिएर उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना

काठमाडौँ । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । काठमाडौँबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको (एनएजेडी) कलसाइन भएको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका(७ मा रहेको एक डाँडामा ठोक्किएर दुर्घटनामा भएको बताइएको छ ।

एयर डाइनेस्टीको हेलिकोप्टरमा चारजना चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए । हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ : ५४ मिनेटमा उडेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार एकजना नेपाली पाइलटसहित चारजना चिनियाँ नागरिक रहेको हेलिकोप्टर दुर्घटनामा परेको सूचना प्राप्त गरेको बताउँदै उद्धारका लागि टोली जाँदै गरेको बताए ।
 ।