तार जोड्ने क्रममा करेन्ट लाग्दा १५ वर्षिय किशोरको मृत्यु  

काठमाडौँ । मोरङमा करेन्ट लागेर १५ वर्षिय किशोरको मृत्यु भएको छ ।

मोरङको जहदा गाउँपालिका–५ मा मल्टिप्लगमा तार जोड्ने क्रममा आचानक करेन्ट लागेर घाइते भएका देवानन्द महतोका छोरा भरत महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते महतोको उपचारको क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको हो । उपचारका लागि अस्पताल पुर्‍याउनासाथ मंगलबार साँझ चिकित्सकले मृत घोषित गरेका हुन् ।

प्रहरीले घटनाको थप अनुसन्धान सुरू गरिएको जानकारी दिएको छ ।