अग्नि सापकोटाविरुद्धको मुद्धाको फैसला आज आउदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि प्रसाद सापकोटाविरुद्ध रिटको आदेश आज आउदै छ ।

यस रिट बारे संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर आज निर्णय सुनाउने मिति तय भएको थियो । यसअघि असर १२ गते निर्णय सुनाउनका लागि मिति तय भएर पनि स्थगित भएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ भएको थियो ।

आज यहि न्यायाधीशहरुको संबैधानिक इजलासले यस मुद्धामा आदेश दिदै छ ।