नुवाकोट एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : मृतकको शव काठमाडौँ ल्याइयो

काठमाडौँ । बुधबार (आज)  दिउँसो नुवाकोटमा दुर्घटना भएको एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौँ ल्याइएको छ ।

आज दिउँसो १ः४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर र गर्जेभन्ज्याङको बीचमा दुर्घटनाग्रस्त हुँदा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुने पाइलट अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो ।