एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना पाइलटसहित पाँचै जनाको मृत्यु

काठमाडौँ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएर भएको दुर्घटनामा एक नेपालीसहित ४ विदेशीको मृत्यु भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

शिवपुरी गाउँपालिका-७ सूर्यचौरका वडा अध्यक्ष वीर बहादुर तामाङले हेलिकप्टर सूर्यचौरमा रहेको जंगलको एक रुखमा ठोक्किएको पाइएको बताए । जसले गर्दा रुख पूरै जलेको उनको भनाइ छ ।

कलसाइन (एनएजेडी) भएको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार १ बजेर ५४ मिनेटमा रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।